दफा ६३२
वस्तु फिर्ता गरी करार अन्त्य गर्न सक्नेः

(१) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक भाडामा लिने व्यक्तिले वस्तु वापत हायर पर्चेज करार बमोजिम निर्धारित अन्तिम किस्ता रकम भुक्तान गर्नु अघि जुनसुकै बखत कम्तीमा पन्ध्र दिन अगावै वस्तुको धनीलाई लिखित सूचना दिई त्यस्तो करार अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम करार अन्त्य गर्नु अघि भाडामा लिने व्यक्तिले जुन वस्तु भाडामा लिएको हो त्यस्तो वस्तु त्यस्तो वस्तु धनीलाई हायर पर्चेज करार बमोजिम बुझाउनु वा फिर्ता गर्नु पर्नेछ र करार बमोजिम निजले वस्तु धनीलाई करार अन्त्य गर्नु अघिसम्म तिर्न बुझाउन बाँकी रहेको कुनै रकम भए त्यस्तो रकम समेत बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि भाडामा लिने व्यक्तिले हायर पर्चेज करार अन्त्य गर्नु अघिसम्म निजले हायर पर्चेज मूल्यको आधाभन्दा बढी रकम भुक्तानी गरिसकेको भए कुनै रकम बुझाउनु पर्ने छैन र त्यस्तो मूल्यको आधाभन्दा कम रकम भुक्तानी गरेको रहेछ भने आधा रकमसम्म निजले भुक्तानी गर्नु पर्नेछ ।
(४) उपदफा (३) मा लेखिएको कुनै पनि कुराले भाडामा लिने व्यक्तिलाई हायर पर्चेज करार बमोजिम भुक्तानी गर्नु पर्ने अन्य कुनै रकम, दस्तुर वा देय भुक्तानी गर्नबाट छुट दिएको मानिने छैन ।